छ तला माथिबाट हाम्फालेर युवकले गरे आत्महत्या

छ तला माथिबाट हाम्फालेर युवकले गरे आत्महत्या
सुन्नुहोस्

राजधानीमा एक युवकले घरको झ्यालबाट हाम्फालेर आत्महत्या गरेका छन् । काठमाडौं महानगरपालिका–१९, मरुहिटी चोकका २६ वर्षीय प्रज्वल मानन्धरले आत्महत्या गरेका हुन् । 

बिहान पौने ६ बजे आफ्नो कोठाको झ्यालबाट हाम्फालेका उनी गम्भीर घाइते भएका थिए । त्यसपछि उनलाई तत्काल नजिकैको वीर अस्पताल, ट्रमा सेन्टर पुर्याइएको बताइन्छ । 

तर अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषित गरिदिएका थिए । मृतकको शव पोष्टमार्टमका लागि टिचिङ हस्पिटलमा राखिएको छ । 

उती गएराति घरको छ तलामाथिको कोठामा एक्लै सुतेका थिए । अविवाहित मानन्धरको आत्महत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

टिप्पणीहरू