भाजपाको टोली शीतल निवासबाट बालुवाटार
भारतीय जनता पार्टी (भाजपा)का पूर्वमहासचिव एवम् राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का राष्ट्रिय कार्यकारिणी सदस्य राम माधव वारानासीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
आज दिउँसो साढे १ बजे काठमाडौँ आइपुगेका उनले अपराह्न ४ बजे शीतल निवास पुगेर राष्ट्रपतिलाई भेटेका हुन् । राष्ट्रपतिसँग भेटवार्ता सकेर वारानासी साँझ ५ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ताका लागि साँझ ५ बजे बालुवाटार पुगेका छन् ।
वारानासी सँगै भाजपाका राष्ट्रिय प्रवक्ता गुरु प्रकाश पासवान पनि सहभागी छन् ।
टिप्पणीहरू