भारतीय प्रधानमन्त्री फेरि नेपाल आउने सम्भावना, काठमाडाैंबाट ‘र"प्रमुख को बिदाई

भारतीय प्रधानमन्त्री फेरि  नेपाल आउने सम्भावना, काठमाडाैंबाट ‘र"प्रमुख को बिदाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि नेपाल भ्रमण गर्ने सम्भावना बढेको छ । आगामी अप्रिल र मे महिनामा हुने भारतीय लोकसभा निर्वाचनअघि उहाँले आशिर्वादका लागि पशुपतिनाथको दर्शन गर्न खोज्नुभएको बताइएको छ । उच्च स्रोतका अनुसार त्यसका लागि आवश्यक गृहकार्य थालिएको छ।

यसवीच नयाँ दिल्लीबाट स्टालिनमान चितालाको टोली काठमाडौं आइपुगेको बुझिएको छ । टोलीले नेपाली अधिकारीहरुसँग समन्वयसँगै प्रधानमन्त्रीको भ्रमणका निम्ति सुरक्षा र राजनीतिक स्थिति अवलोकन गर्ने छ ।

यसैबीच "र"का नेपाल स्टेशन प्रमुख राघवप्रसाद भट्नागर कार्यकाल पूरा गरेर स्वदेश फर्कन लागेका छन् । उनी तीन वर्षअघि २०७७ माघ ३० गते नेपाल आएका थिए । विशालनगरस्थित उनको निवासमा आइतबार राति फेयरवेल पार्टी राखिएको थियो ।

टिप्पणीहरू