राष्ट्रपतिमाथि चलखेलको आरोप
नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गर्नुभएको आरोप लगाएका छन् ।
आज राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले संसदको महासचिवमा राष्ट्रपति पौडेलले राजनीति गरेको आरोप लगाएका हुन् ।
सांसद दाहालले संघीय संसदको महासचिव पद खाली हुनु र अधिवशेन शुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो ? प्रश्न गरेका छन् ।
राष्ट्रपति पौडेललाई महासचिव पदमा चलखेल नगर्न चेतावनी दिँदै दाहालले कानूनअनुसार सिफारिस गरिएको महासचिवलाई अविलम्व नियुक्ति गर्नुपर्ने तर्क राखे । आगामी बैठकमा राष्ट्रपतिको बारेमा कडा शब्द प्रयोग गर्नुपर्ने स्थिति नबनाउन उल्लेख गर्दै राष्ट्रपति पदको गरिमालाई कामय राख्न आग्रह गरेका छन् ।
उनले भने, ‘राष्ट्रपतिज्यू, तपाईंको अध्ययन चिन्तन अब बढी भएन र ? एउटा संसदको महासचिवमा तपाईंको चलखेल किन ? आज विनम्रतापूर्वक यस सभाको बैठकमा आग्रह गर्दछु । हामीलाई कानूनअनुसार सिफारिस गरिएको महासचिव अबिलम्ब दिइयोस् । आगामी बैठकहरुमा हामीले सम्माननीय राष्ट्रपतिको बारेमा अलि कडा शब्द प्रयोग गर्न नपरोस् । राष्ट्रपति भनेको सम्मानित पद हो । यसको गरिमालाई कामय राख्न आग्रह गर्दछु ।’
टिप्पणीहरू