आत्महत्याको प्रयास गरेकी महिलालाई प्रहरी कार्यालयमा लगियो

आत्महत्याको प्रयास गरेकी महिलालाई प्रहरी कार्यालयमा लगियो

चितवनमा आत्महत्या गर्न खोजेकी एउटी महिलाको उद्धार गरिएको छ । आज बिहान मुग्लिङ नजिकै त्रिशुली नदीमा हाम्फाल्न खोजेकी अन्दाजी २५ वर्षकी महिलालाई प्रहरी टोलीले सकुशल फिर्ता ल्याएको बताइएको छ ।

बिहान साढे ८ बजेको समयमा इच्छाकामना गाउँपालिका ५ स्थित त्रिशुली नदी किनारबाट ती महिलाको उद्धार गरिएको हो । नदीमा हाम्फालेर आत्महत्या गर्न खोजेको खबर पाएपछि इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको टोलीले ती महिलालाई प्रहरी कार्यालयमा ल्याएर राखेको छ ।

उनको परिचय र घर ठेगानासहित प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

टिप्पणीहरू