मिनेन्द्र रिजालको ठहर : जय नेपाल भन्नु र लाल सलाम एउटै

सुन्नुहोस्

नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सत्तारुढ गठबन्धनसँग प्रधानमन्त्री फेर्ने बाहेक अरु कुनै ’भिजन’ नभएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गठबन्धनका नेताहरुको मस्तिष्कमा सत्ता बाहेक अरु कुनै सोच र योजना नभएको उल्लेख गरेका हुन् ।

’जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो’ भनेर नारा लगाएर चुनाव जितेका पार्टीहरुबाट धेरै आशा गर्न नसकिने उनको ठहर छ । उनले भने, ’हामी त जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर चुनाव जितेका पार्टी हौँ नि त । त्यो भन्दा खराब के होला ? ओनसरी घर्ती भनेको मिनेन्द्र रिजाल हो, मिनेन्द्र रिजाल भनेको घनश्याम भुसाल हो भनेर चुनाव लडेर बनाएको गठबन्धन हो । नारा दिन जानेकै छौं ।’

अहिलेको गठबन्धनले पाँच वर्षका लागि सम्झौता भएको जनाउँदै नेकपा एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम हुन नसक्ने भन्दै रिजालले व्यंग समेत गरे । उनले थपे, ’हामीले पाँच वर्षका लागि सम्झौता गरेका छाँै । पृथ्वीसुब्बा गुरुङले झुक्याउन, फकाउन, लोभ्याउन सक्नुभएन भने प्रधानमन्त्री फेरेको फेर्यै गर्छौं, बाँकी काम गर्नुपरेन ।

नेता रिजालले निर्वाचन प्रणाली बदल्नैपर्ने आवश्यकता रहेको बताए । निर्वाचन प्रणाली नबदलेसम्म नेताहरु गठबन्धनको नाममा सत्ताकेन्द्रीत बनिरहने उनको तर्क छ ।

टिप्पणीहरू