‘जनतामारालाई कारबाही गरौं’ लेखिएको पर्चा छरेपछि लघुवित्तमा आगो

‘जनतामारालाई कारबाही गरौं’ लेखिएको पर्चा छरेपछि लघुवित्तमा आगो
सुन्नुहोस्

चितवनको एउटा लघुवित्त संस्थामा आगो लगाइएको छ । भरतपुर महानगरपालिका–२६, ज्योतिनगरस्थित सूर्योदय वोमी लद्युवित्त संस्थामा आगो झोसिएको बताइएको छ । 

मुखमा मास्क लगाएर आएका दुई पुरुषले संस्थामा हिजाे आगो लगाएको जिल्ला प्रहरी कार्यालय, चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन् । 

उनका अनुसार तिनीहरुले पहिले संस्थाका कर्मचारीलाई धम्क्याएका थिए । त्यसपछि पेट्रोल हालेर आगो लगाइदिएका हुन् ।

‘मुखमा मास्क लगाएका दुई पुरुष संस्थामा आए । कर्मचारीलाई धम्काए । उनीहरुले म्यानेजर कता हुनुहुन्छ ? भनेर पनि सोधेछन् । पछि कर्मचारीले हुनुहुन्छ भनेपछि पर्चा फालेर पेट्रोल खन्याई आगो लगाएका हुन्,’ उनले भने । 

‘जनतामारा सहकारीलाई कारबाही गरौं’ लेखिएको पर्चा लघुवित्तका कर्मचारीको भएको ठाउँमा छरेको डिएसपी भण्डारीको भनाई छ । आगलागीबाट संस्थाको कम्प्युटर, प्रिन्टर, टेबल, स्क्यानर, कुर्सी जलेर नष्ट भएको छ ।

करिब डेढ लाखको क्षति भएको र घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको डिएसपी भण्डारीले बताए ।

टिप्पणीहरू