जाजरकोटबाट फर्केपछि अमेरिकी राजदूत स्वदेश प्रस्थान

जाजरकोटबाट फर्केपछि अमेरिकी राजदूत स्वदेश प्रस्थान

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन स्वदेश जानुभएको छ । उहाँ भिस्तारा एअरका उडान नम्बर युके १५६ मा आजा साँझ पौने ६ बजे काठमाडौंबाट नयाँ दिल्ली हुँदै अमेरिका जानुभएको बताइएको छ ।

उहाँसँगै दूतावासकी प्रथम सचिव तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत केथरिन डी केजर हड्सन पनि अमेरिका गएकी छन् ।

यसअघि राजदूत थम्पसन भूकम्प प्रभावित जाजरकोट जिल्ला पुग्नुभएको थियो । गत कात्तिक तेस्रो साता गएको भूकम्पले पारेको असर र प्रभावितहरुको पछिल्लो अवस्था निरीक्षण गर्न राजदूत थम्पसन नेतृत्वमा नौ जनाको टोली गत मंगलबार त्यसतर्फ गएर शुक्रबार राजधानी फर्केको हो ।

टिप्पणीहरू