क्रसर बन्दको माग गर्दै प्रदर्शन
रुपन्देहीमा अवैधानिक ढंगले सञ्चालित क्रसर उद्योग बन्दको माग गर्दै प्रदर्शन गरिएको छ । तिलोत्तमा नगरपालिका १४ का स्थानीयले क्रसर बन्दको माग चर्काएका छन् ।
स्थानीय नन्दनगर जबरजस्तापुर र देवीनगर बाग्दुरा टोलका स्थानीयले आज नाराबाजी गरेका हुन् । प्रदर्शन युवा क्लब, आमा समूहका प्रतिनिधि, टोल समिति र संर्घष समितिको संयुक्त आयोजनामा भएको बताइएको छ ।
क्रसरले स्थानीयको स्वास्थ्यमा गम्भीर असर पारेको, वातावरणीय प्रदुषण बढाएको उनीहरुको आरोप छ । टिकुलीगढ माध्यमिक विद्यालय परिसरमा अवैध क्रसर उद्योग सञ्चालनमा छ ।
क्रसर पीडित संघर्ष समितिका अध्यक्ष भीमसमसेर गुरुङको नेतृत्वमा आजको प्रदर्शन भएको हो । प्रदर्शनकारीहरुले क्रसर उद्योग सम्झौताको म्याद सकिएको जनाएका छन् ।
टिप्पणीहरू