संसदमा तीन मीनेट लगातार घण्टी,सांसद गयल,मन्त्री फिर्ता

संसदमा तीन मीनेट लगातार घण्टी,सांसद गयल,मन्त्री फिर्ता

गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । 

आज बसेको बैठकमा ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०' माथि छलफलका लागि सभामा प्रस्तुत गर्ने क्रममा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो । 

गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले रोष्टममा उभिएर विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाद्वारा गणपूरक संख्या यकिन गर्न माग भएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले ३ मीनेट जनाउ घण्टी बजाई संख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । 

तीन मीनेट घण्टी बजाउँदासमेत एक चौथाइ अर्थात् ६९ जना सांसद हुनुपर्नेमा ६५ जना मात्र भएपछि घिमिरेले शुक्रवार बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गर्नुभयो ।

संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव संसद बैठकमा निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने हुन्छ ।


 

टिप्पणीहरू