बिजुलीको पैसा हिनामिना गर्नेलाई 'उम्क्याउने' फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

बिजुलीको पैसा हिनामिना गर्नेलाई 'उम्क्याउने' फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएको एक मुद्दाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मुद्दामध्ये एउटामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनका अनुसार राजस्व चुहावट गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा पुनरावेदन गरिएको हो । 

विद्युत महसुल हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा नेपाल विद्युत प्राधिकरण मोरङको रंगेली वितरण केन्द्रका तत्कालिन हेल्पर अरुणकुमार गुरुङविरुद्ध आयोगले आठ लाख ७३ हजार बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो । 

तर, विशेष अदालतले गत असार २८ गते उनलाई आरोपदाबी भन्दा फरक बिगो कायम गरी फैसला गरेपछि आयोग सर्वोच्च पुगेको हो ।
 

टिप्पणीहरू