एमसीसीबारे अर्थ मन्त्रालयमा अमेरिकी अधिकारीहरुको गुनासो

एमसीसीबारे अर्थ मन्त्रालयमा अमेरिकी अधिकारीहरुको गुनासो
सुन्नुहोस्

एमसीसी परियोजना कार्यान्वयनमा भएको ढिलाईलाई लिएर अमेरिकी अधिकारीहरुले चासो व्यक्त गरेका छन् । 

अमेरिकाको दक्षिण तथा मध्य-एशियाअन्तर्गत नेपाल, श्रीलंका, बङ्गलादेश, भुटान र माल्दिभ्स हेर्ने उप-सहायक सचिव अफ्रिन अक्थर नेतृत्वको टोलीले आज बिहान अर्थ मन्त्रालय पुगेर परियोजना निर्माणमा भएको बिलम्बबारे चासो राखेको हो ।

त्यसक्रममा एएमसीसी परियोजनाको पछिल्लो अवस्था तथा निर्माण कार्यमा स्थानीय तथा राजनीतिक दलका तर्फबाट अवरोध भएको भन्दै उनीहरुले असन्तुष्टि जनाएको बताइएको छ ।

त्यस्तै, एमसीसी परियोजनामा आवद्ध कर्मचारीहरुलाई धम्की आएको विषयमा पनि छलफल भएको बुझिएको छ ।

टिप्पणीहरू