सिटी भोलेन्टियर नियुक्तिको तयारीमा काठमाडौँ महानगर

सिटी भोलेन्टियर नियुक्तिको तयारीमा काठमाडौँ महानगर
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले झण्डै डेढ सय स्वयंसेवक (सिटी भोलेन्टियर) राख्ने तयारी गरेको छ । 

महानगरले सूचना प्रकाशित गर्दै पाँच महिनाका लागि १४० जना स्वयंसेवक नियुक्त गर्न लागेको जानकारी दिएको हो । तीमध्ये एक सय जना बालबालिका तथा वातावरण र ४० जना सम्पदामा युवा र बालबालिका कार्यक्रमका लागि मागिएको छ । 

स्वयंसेवक कार्यक्रमअन्तर्गत सहरी वातावरण, हरित र सुन्दर विद्यालय, सम्पदा र पर्यटन क्षेत्रमा साझेदारी र समुदायसँग मिलेर काम गर्नुपर्ने महानगरले जानकारी दिएको छ । 

आवेदकमा छनोट भएका स्वयंसेवकले हप्तामा दुई दिन समय दिनुपर्ने छ । महानगरको स्वयंसेवक बन्न चाहनेले आफूले इच्छा राखेको विधाका बारेमा दुई सय शब्दसम्मको धारणा लेखेर पठाउनुपर्नेछ ।
 

टिप्पणीहरू