काठमाडौँका सम्पदा चिनाउन क्युआर कोर्ड

काठमाडौँका सम्पदा चिनाउन क्युआर कोर्ड
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले सांस्कृतिक सम्पदाका बारेमा जानकारी दिन विभिन्न स्थानमा क्युआर कोड राखेको छ । 

सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका स्मारक भ्रमण गर्न आउने पर्यटकको सहजताका लागि विभिन्न स्थानमा क्युआर कोर्ड राखिएको हो । 

क्युआर कोर्डमा स्क्यान गरी नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको बारेमा जानकारी लिन सकिने वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले बताए । उनका अनुसार क्युआर कोर्डमा विभिन्न १० भाषामा आवाजसहितको विवरण छ । 

‘अहिले घुम्न आउने जसले पनि स्मार्ट फोन बोकेको हुन्छ । क्युआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग सम्बन्ध जोडिएका जात्रा पर्व, सामाजिक तथा धार्मिक संस्कारलगायत विषय जान्न कसैलाई सोध्नु नपरोस् भन्ने हाम्रो चाहना हो’, उनले भने। 

क्युआर कोडमा नेपाली, अंग्रेजी, जर्मन, हिन्दी, फ्रेन्च, कोरियन, चाइनिज, स्पेनिस, जापानीज, अरेबिक गरी १० भाषामा अडियो सुन्न सकिने उनले जानकारी दिए।

टिप्पणीहरू