भक्तपुरमा गोठको भैंसी फुकाइयो, अन्यत्रका किसान सडकमा
धेरै अघिदेखिको दुधको बक्यौता रकम भुक्तानीका लागि किसानहरुले प्रदर्शन गरेका छन् । मुलकभरका किसानले सडकमा नाराबाजी लगाउँदा भक्तपुरका किसानले गोठको भैंसी फुकाएर सडकमा लगेका हुन् ।
भक्तपुरका किसानले अरनिको राजमार्गको जगाती चोकमा भैंसीसहित प्रदर्शन गरेका छन् । उनीहरुले किसानको बक्यौता रकम भुक्तानी पाउनुपर्ने र मिल्क होली डे अन्त्य हुनुपर्ने माग राख्दै नाराबाजी हुन् ।
दूधको भुक्तानी माग गर्दै देशैभरका दुग्ध उत्पादक किसानले केही दिनदेखि आन्दोलन गरिरहेका छन् । आज मकवानपुर र भक्तपुरका दुग्ध किसान प्रदर्शनमा उत्रिएका छन् ।
उता मकवानपुरलगायत विभिन्न जिल्लाका किसानहरुले पनि राजमार्ग र मुख्य सडकमा प्रदर्शन गरेको बताइन्छ ।
टिप्पणीहरू