जब पश्चिम बङ्गाल बनिने डर देखे प्रधानमन्त्रीले

सुन्नुहोस्

सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुले एकीकृत समाजवादीलाई पनि नयाँ गठबन्धनमा सामेल गराउन प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । 

नयाँ गठबन्धनमा जाने प्रधानमन्त्रीको निर्णय अनुमोदन गराउन आज बिहान बालुवाटारमा बसेको सो पार्टीको पदाधिकारी बैठकमा सबैजसो नेताहरुले समाजवादीलाई छोडेर वाम गठबन्धन बनाउन नहुने धारणा राखेका हुन् । 'गत वर्ष पुस १० गते अपर्झट बनेको गठबन्धनमा समाजवादी छुटेको थियो । तर, यसपटक छलफलका लागि पर्याप्त समय उपलब्ध रहेकाले माधव नेपाललाई पनि समेटेर लैजानुपर्छ भनेर सुझाव दिएका छौँ',बैठकपछि एक नेताले भने । 

जवाफमा प्रधानमन्त्रीले माधव नेपालसँग कुराकानी भैरहेको र नेकपा एसका महासचिव घनश्याम भुषाललाई मिलाउन भनेको ब्रिफिङ गर्नुभएको ती नेताले बताए । 'माधवजीहरुलाई छोड्ने कुरा हुँदैन,कुराकानी भैरहेको छ, घनश्यामजीलाई मिलाउन भनेको छु',प्रधानमन्त्रीको भनाई उद्धृत् गर्दै उनले भने । 

बैठकमा नयाँ राजनीतिक परिस्थिति र वाम आन्दोलनको विषयमा पनि लामै छलफल भएको थियो । अर्थमन्त्री प्रकाशशरण महतका कारण आफूलाई काम गर्न असहज भएको तर, उनलाई हटाउन शेरबहादुर देउवाले सहयोग नगरेका कारण गठबन्धन फेर्नुपरेको प्रधानमन्त्रीको भनाई थियो । त्यस्तै,नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसले भाँजो हालेर अनुसन्धानलाई निष्कर्षमा पुर्याउन नदिएको विषय पनि बैठकमा उठ्यो । 

राष्ट्रिय राजनीतिले वाम एकताको आवश्यकता महसुस गरेको बताउँदै प्रधानमन्त्रीले वाम धार बनाएर नगए पश्चिम बंगाल बनिने स्थितिको ब्रिफिङ गर्नुभएको बताइएको छ । कांग्रेससहितको गठबन्धन तल-माथि नपार्न दक्षिणबाट चर्को दवाव रहेको भावमा प्रधानमन्त्री रहेको पनि बैठकमा सहभागी ती नेताले बताए । जब पश्चिम बङ्गाल बनिने डर देखे प्रधानमन्त्रीले  सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुले एकीकृत समाजवादीलाई पनि नयाँ गठबन्धनमा सामेल गराउन प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । 

प्रधानमन्त्रीले माधव नेपालसँग कुराकानी भैरहेको र नेकपा एसका महासचिव घनश्याम भुषाललाई मिलाउन भनेको ब्रिफिङ गर्नुभएको ती नेताले बताए ।

नयाँ गठबन्धनमा जाने प्रधानमन्त्रीको निर्णय अनुमोदन गराउन आज बिहान बालुवाटारमा बसेको सो पार्टीको पदाधिकारी बैठकमा सबैजसो नेताहरुले समाजवादीलाई छोडेर वाम गठबन्धन बनाउन नहुने धारणा राखेका हुन् । 'गत वर्ष पुस १० गते अपर्झट बनेको गठबन्धनमा समाजवादी छुटेको थियो । तर, यसपटक छलफलका लागि पर्याप्त समय उपलब्ध रहेकाले माधव नेपाललाई पनि समेटेर लैजानुपर्छ भनेर सुझाव दिएका छौँ',बैठकपछि एक नेताले भने । 

जवाफमा प्रधानमन्त्रीले माधव नेपालसँग कुराकानी भैरहेको र नेकपा एसका महासचिव घनश्याम भुषाललाई मिलाउन भनेको ब्रिफिङ गर्नुभएको ती नेताले बताए । 'माधवजीहरुलाई छोड्ने कुरा हुँदैन,कुराकानी भैरहेको छ, घनश्यामजीलाई मिलाउन भनेको छु',प्रधानमन्त्रीको भनाई उद्धृत् गर्दै उनले भने । 

बैठकमा नयाँ राजनीतिक परिस्थिति र वाम आन्दोलनको विषयमा पनि लामै छलफल भएको थियो । अर्थमन्त्री प्रकाशशरण महतका कारण आफूलाई काम गर्न असहज भएको तर, उनलाई हटाउन शेरबहादुर देउवाले सहयोग नगरेका कारण गठबन्धन फेर्नुपरेको प्रधानमन्त्रीको भनाई थियो । त्यस्तै,नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसले भाँजो हालेर अनुसन्धानलाई निष्कर्षमा पुर्याउन नदिएको विषय पनि बैठकमा उठ्यो । 

राष्ट्रिय राजनीतिले वाम एकताको आवश्यकता महसुस गरेको बताउँदै प्रधानमन्त्रीले वाम धार बनाएर नगए पश्चिम बंगाल बनिने स्थितिको ब्रिफिङ गर्नुभएको बताइएको छ । कांग्रेससहितको गठबन्धन तल-माथि नपार्न दक्षिणबाट चर्को दवाव रहेको भावमा प्रधानमन्त्री रहेको पनि बैठकमा सहभागी ती नेताले बताए ।

टिप्पणीहरू