नयाँ गठबन्धनको बैठकबाट ओली 'आउट', रवि भित्रै

नयाँ गठबन्धनको बैठकबाट ओली 'आउट', रवि भित्रै
सुन्नुहोस्

बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाहिरिनुभएको छ । 

गत वर्ष केही महिनाका लागि बनेर टुटेको वाम गठबन्धन जगाउन हिजोराति भएको मोटामोटी सहमतिलाई अन्तिम रुप दिन आज बिहान बसेको नयाँ गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठकबाट अध्यक्ष ओली केही बेरअघि बाहिरिनुभएको हो । बैठकमा आजै सानो आकारको क्याबिनेट गठन गर्ने समझदारी बनेको बताइएको छ । 

एमालेसहितको गठबन्धन बनाउन भित्रभित्रै सक्रिय रहँदै आएका र सरकारमा जान तम्तयार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायतका नेताहरू भने ओली निस्किएपछि पनि बालुवाटारमै छन् ।  गृहमन्त्री पाए आफैँ सरकारमा जाने तयारीमा रहेका लामिछाने प्रधानमन्त्रीलाई मनाउन लागिपरेको अवस्था हो ।

टिप्पणीहरू