मोरङमा सशस्त्रका डिएसपी झुण्डिए

मोरङमा सशस्त्रका डिएसपी झुण्डिए
सुन्नुहोस्

मोरङमा सशस्त्र प्रहरी बलका  नायब उपरीक्षक (डिएसपी) मृत भेटिएका छन् । आज दिउँसो धनपालथान गाउँपालिका–३ स्थित सशस्त्रका डिएसपी ४२ वर्षका उपेन्द्र बस्याल मृत अवस्थामा फेला परेका हुन् । 

उनी सोही ठाउँस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख थिए । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले कार्यालय परिसरको स्टोर कोठाको सिलिङ्गमा झुण्डिएको अवस्थामा बस्यालको शव फेला परेको जानकारी दिए । 

उनका अनुसार प्रहरी कोठाभित्र प्रवेश गरेको छैन । परिवारका सदस्यलाई बोलाइएको छ । ‘बाहिरबाट हेर्दा झुण्डिएको देखिन्छ । तर,प्रहरी कोठाभित्र प्रवेश गरेको छैन । परिवारका सदस्यलाई बोलाएका छौं । र, उहाँहरु आएपछि मात्र भित्र पस्छौं,’ डिएसपी दाहालले भने ।

टिप्पणीहरू