माओवादीले कांग्रेस छोडेकोमा मोहनविक्रम रुष्ट

माओवादीले कांग्रेस छोडेकोमा मोहनविक्रम रुष्ट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर प्रतिगमनको खतरा निम्त्याएको भन्दै नेकपा मसालले आपत्ति प्रकट गरेको छ । 

महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति सार्वजनिक गर्दै एमाले-माओवादी नेतृत्वमा हिजो बनेको नयाँ गठबन्धनप्रति चर्को असन्तुष्टि जनाएका हुन् । प्रतिगमनविरुद्धको संघर्षमा निर्माण भएको गठबन्धनको ऐतिहासिक र महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै त्यसको विघटनले प्रतिगमनलाई बल पुग्ने उनको ठहर छ । 

'प्रतिगमनविरुद्धको संघर्षमा पहिलेको गठबन्धनको एतिहासिक र महत्वपूर्ण भूमिका थियो', सिंहले हिजो साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'त्यो गठबन्धनको विघटनबाट प्रतिगमनलाई बल पुग्ने सम्भावना देखा परेको छ । त्यसैले हाम्रो पार्टी गठबन्धनको विघटनलाई गलत  मान्दछ र त्यो कार्यको तीव्र आलोचना गर्दछ ।' 

वर्तमान गठबन्धनले ल्याउने नीति तथा कार्यक्रमको लेखाजोखा गरेर नयाँ सरकारप्रति मसालले नीति निर्धारण गर्ने पनि सिंहले बताएका छन् ।
 

टिप्पणीहरू