मधेशी सबै दल किन सरकार बाहिर ?

मधेशी सबै दल किन सरकार बाहिर ?
सुन्नुहोस्

हिजो पो जसपा,जनमत,लोसपाजस्ता मधेश केन्द्रित दलहरू सँघीय सत्तामा थिए तर ती आज ?  कोही ४ दलीय नयाँ गठबन्धनको हस्ताक्षरकर्ता भएर पनि मन्त्रालयभन्दा बाहिर छन् त कोहीचाहिँ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेससङ्ग  घनिभूत छलफलमा ब्यस्त देखिन्छन् । 

उपेन्द्र यादवले "भैगो,सिके राउतलाई नमिसाऊँ" भनेर सोमवार कुरा राख्दा एमाले अध्यक्ष केपी ओलीले "मेरो कुरा भैसक्यो,जनमतलाई छुटाउन हुन्न" भनी तत्काल प्रतिवाद गर्नुभएको थियो । तर आज यसरी एकार्काको निम्ति इज्जतको सवाल बन्न पुगेका दुबै पार्टी एमाले,माओवादी,रास्वपा,एकीकृत समाजवादीबाट १९ मन्त्रालय भरिभराउ भैसक्दा पनि नयाँ सरकारमा अटाएका देखिन्नन् ।

"उपेन्द्र यादवले "भैगो,सिके राउतलाई नमिसाऊँ" भनेर सोमवार कुरा राख्दा एमाले अध्यक्ष केपी ओलीले "मेरो कुरा भैसक्यो,जनमतलाई छुटाउन हुन्न" भनी तत्काल प्रतिवाद गर्नुभएको थियो । तर आज यसरी एकार्काको निम्ति इज्जतको सवाल बन्न पुगेका दुबै पार्टी एमाले,माओवादी,रास्वपा,एकीकृत समाजवादीबाट १९ मन्त्रालय भरिभराउ भैसक्दा पनि नयाँ सरकारमा अटाएका देखिन्नन् ।"

उता यसअघि श्रम र भूमिसुधार मन्त्रालयको जिम्मेवारीमा रहेका लोसपा र नागरिक उन्मुक्तिसमेत बाहिरै छन् । कथँ जसपा स्वास्थ्यसहित दुई मन्त्रालय लिएर सामेल भैहालेको अवस्थामा अरुका निम्ति कुनै स्थानै बाँकी रहन्न अनि लोसपा र जनमतको लगातार काङ्ग्रेस सभापति शेरबहादुर देउवासङ्ग वार्ता चलिरहेकै छ । प्रश्न उठ्छ,ती दलहरुमा संघप्रतिको यो हदसम्म उदासिनता किन होला ?

प्रष्ट छ,ती दलहरु अब २ नम्बरमा नयाँ प्रदेश सरकार बनाउने र भएकोलाई जोगाउने तानातानमा छन् । यस खेलमा को निर्णायक हुने ? कसले मधेसमा बर्चस्व राख्ने ? अहिलेको चुरो कुरो यही हो । अन्तिम परिणामको पटाक्षेप हुन २-३ दिन त लाग्छ नै ।
 

टिप्पणीहरू