सानो गल्तीमा यति ठूलो षड्यन्त्र
![सानो गल्तीमा यति ठूलो षड्यन्त्र](https://janaaastha.prixacdn.net/media/albums/CPN-uml_9G20sj5Ljj.jpg)
२०८० फागुन २ को अंकमा ‘को को कमरेडमाथि छिट्टै हुँदैछ एमालेमा कारवाही ?’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । १४ महिनाअघि एउटा खास आवेगजन्य परिस्थितिमा मैले पार्टी जिल्ला कमिटी खोटाङमा निवेदन पेश गरेको सत्य हो ।
केही भ्रममा परेर, कतिपयको राजनीतिक दाउपेच बुझ्न नसकेर निवेदन दिएँ, जब सत्य तथ्य थाहा पाएर भ्रमको पर्दा हट्यो, तत्कालै जिल्ला अध्यक्ष राम दंगाललाई फोन गरेर त्यो निवेदन तत्काल कुनै अघि नबढाउन र म आएपछि फिर्ता दिन भनेकी थिएँ ।
हप्ता दिनभित्रै फिर्ता लिएको पनि हो । म निवेदकले नै फिर्ता लिइसकेको त्यो कसरी र कोबाट बाहिर गयो ? आश्चर्यको विषय बनेको छ । यो विषयमा पार्टीभित्र खोजी गर्ने नै छु ।
जीवनभर कष्टसाध्य र अनुकूलता–प्रतिकूलता जस्तोसुकै बेलामा निष्ठाको राजनीति गर्दै आउनुभएका विशाल भट्टराईमाथि यसबाट अत्यन्तै ठूलो अन्याय भएको छ ।
१० वर्ष सांसद रहँदा पनि डेराको बास र सार्वजनिक सवारीमा यात्रा गर्ने एमाले पोलिटव्युरो सदस्य र निवर्तमान प्रतिनिधिसभा सदस्य विशाल भट्टराईमाथि लागेको यो आरोप निराधार भएको व्यहोरा म त्यही भूलवस निवेदन दिने व्यक्तिको हैसियतले स्पष्ट पार्न चाहन्छु ।
– गोमा मगर, सचिवालय सदस्य, नेकपा एमाले जिल्ला कमिटी खोटाङ
टिप्पणीहरू