जुम्ला पुगेर बिप्लवको धान खेती
तराईमा धान खेती गरिरहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले जुम्लाको चन्दननाथ २ हाडुल्लेमा हिजोदेखि स्याउको बोट रोप्न थालेका छन् ।
त्यहीबेला विप्लवले ३ बर्षभित्र पार्टीलाई आत्मनिर्भर बनाउँदै चन्दामुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
विप्लवले भने ‘क्रान्ति गर्नु मात्र ठूलो कुरा होइन,हामीले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसंग जोड्न सकेनौँ,आज क्रान्तिप्रति वितृष्णा छ,विचलनता देखिएको छ,यसलार्ई चिर्न नेकपाले नवौं महाधिवेशनबाट आत्मनिर्भर अर्थतन्त्रको नीति अगाडि बढाएको छ ।’
नेकपा तराईमा धान,तोरी तरकारी,पहाडमा फलफूल,र हिमालमा जडिबुटी उत्पादन अभियानमा रहेको नेकपाका केन्द्रीय प्रचार विभाग सदस्य प्रकाश डुम्रेले बताए ।
कार्यक्रममा सिजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले विप्लवले जुम्लामा स्याउ लगाउने योजना बनाएर आत्मनिर्भर अर्थतन्त्रको कुरा उठाउनु सकरात्मक भएको भन्दै यो नेकपाको योजना मात्र नभएर सबैको योजना भएको बताए ।
टिप्पणीहरू