दाङमा हुलाकी राजमार्ग बन्द, पूर्व–पश्चिम राजमार्ग बन्दको प्रयास

दाङमा हुलाकी राजमार्ग बन्द, पूर्व–पश्चिम राजमार्ग बन्दको प्रयास
सुन्नुहोस्

दाङमा दुई जनाको मृत्युपछि दुर्घटनामा संलग्न बस चालकलाई कारबाहीको माग राख्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरुले पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग राख्दै हुलाकी राजमार्ग अवरुद्ध पारेका छन् ।

दुर्घटनामा राजपुर गाउँपालिका वडा नम्बर ५, नौंसहराका २३वर्षीय प्रमोद यादव र २४ वर्षीय प्रदिप यादवको मृत्यु भएपछि स्थानीयले उक्त माग राख्दै प्रदर्शन र सडक अवरुद्ध पारेका हुन् । केही समूहले सोही मागमा पूर्व–पश्चिम राजमार्ग अवरुद्धको प्रयास गरेका छन् ।

हिजो बेलुकी स्थानीय कोरिया खोलापुल नजिक रा.१ ख २३६० नम्बरको बस र रा.७ प २०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको निधन भएको हो । आन्दोलनकारीले मृतकको शव उठाउन दिएका छैनन् ।
 

टिप्पणीहरू