सुआङफेङ, हुनान प्रान्त : सानो कृषि यन्त्रले ठूलो उद्योग बनाउँछ

हालसाल ‘चीनको कृषि यन्त्रको गृहजिल्ला’ नामक शुआङफेङ जिल्ला, हुनान प्रान्त नवीनताको विकास र औद्योगिक उन्नयनको माध्यमबाट पहाडी क्षेत्रमा कृषि यान्त्रिकीकरणको मागलाई लक्षित गरेर ‘निपुण’ र ‘स्मार्ट’ कृषि यन्त्र उद्योग शृङ्खलाको निर्माणलाई हाइलाइट गर्दै १० अरब युआनको औद्योगिक समूह बनाएको छ । यसको उत्पादनहरू चीनका २० भन्दा बढी प्रान्तमा र अफ्रिका, दक्षिणपूर्व एसियासहित २० भन्दा बढी देश र क्षेत्रहरूमा राम्रो बिक्री हुन्छन् । 

गत शताब्दीको ९० को दशकमा ३० वर्षभन्दा बढी समयदेखि फस्टाएको शुआङफेङ सरकारी कृषि यन्त्र कारखाना ऐतिहासिक चरणबाट पछि हटेको थियो । साना कृषि यन्त्रको सरल प्रविधि र फराकिलो बजारप्रति आशावादी भएका केही स्थानीयहरूले कृषि यन्त्र उत्पादनको जिम्मा लिए र कृषि यन्त्र कारखाना स्थापना गर्न थाले । केवल दुई तीन वर्षमा यस जिल्लामा २०० भन्दा बढी कृषि यन्त्र उत्पादन उद्यमहरू स्थापित भएका छन् । 

शुआङफेङ जिल्ला कृषि यन्त्र सेवा केन्द्रका निर्देशक लिउ याछ्युले बताए, समतल क्षेत्रमा प्रयोग गरिने ठूला कृषि यन्त्रको विपरीत, शुआङफेङ साना कृषि यन्त्रहरू मुख्यतया पहाडी क्षेत्रमा केन्द्रित रहेको र मूल्य पनि समान प्रकारका उत्पादनहरू भन्दा कम हुन्छन् । हालसाल ६० भन्दा बढी प्रजातिहरू र ३०० भन्दा बढी मोडेलहरू विकसित भएका छन्  । खेती, रोपण, बिरुवा संरक्षण, कटनी, सुकाउने र भण्डारण लगायतका सम्पूर्ण प्रक्रियालाई समावेशी छन् । 

वर्तमानमा शुआङफेङ कृषि यन्त्रका केही अग्रणी उत्पादनहरू चिनियाँ बजारमा स्पष्ट फाइदा उठाएका छन्, चीनका २० भन्दा बढी प्रान्तहरू र ‘वेल्ट एन्ड रोड’ सम्बन्धित २० भन्दा बढी देशहरूमा राम्रो बिक्री हुन्छन् । सन् २०२२ मा जिल्लामा निर्दिष्ट आकार भएका कृषि यन्त्र उद्यमहरूले ८ अरब ६५ करोड ७० लाख युआनको उत्पादन र १२ करोड युआनको निर्यात गरेका छन् । 

(सिसिटिभी) 
 

टिप्पणीहरू