संसद बैठक चल्न नदिने काँग्रेसको निर्णय

संसद बैठक चल्न नदिने काँग्रेसको निर्णय

नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेविरुद्ध  संसदीय छानबिन समिति गठन नगरिए संसद् बैठक चल्न नदिने निर्णय गरेको छ । आज बिहान संसद भवनमा बसेको काँग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको बताइएको छ ।

बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग यथावत् राख्ने निर्णयसमेत गरेको छ । समिति गठन नभए प्रतिनिधसभाको बैठक आजदेखि चल्न नदिनेमा काँग्रेसले अडान लिएको हो ।

टिप्पणीहरू