‘फेक’ सूचना फैलिएपछि स्वास्थ्य मन्त्रालयले गरायो सचेत

‘फेक’ सूचना फैलिएपछि स्वास्थ्य मन्त्रालयले गरायो सचेत
सुन्नुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमासम्बन्धी सामाजिक सञ्जालमा सार्वजनिक सूचना भ्रमपूर्ण रहेको प्रष्ट्याउदै आम सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । 

सरकारको आधिकारिक लोगो राखेर भ्रामक विज्ञापन र सूचनाहरु प्रसारण भइरहेको जनाउँदै मन्त्रालयले सर्वसाधारणलाई सचेत गराएको हो । 

केही दिनदेखि फेसबुकलगायतका सामाजिक सञ्जालमा मन्त्रालयको नाममा जारी भएको निःशुल्क स्वास्थ्य बीमासम्बन्धी सूचना झुठ्ठो भएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए । उनले त्यस्ता सूचना वा विज्ञापनमा विश्वास नगर्न आग्रह गरेका छन् । 

‘विगत केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा विभिन्न उमेर समूहको लागि निःशुल्क स्वास्थ्य बीमा भनि भ्रामक विज्ञापन तथा सूचनाहरु प्रसारण गरेको पाइएको छ । यस्ता सूचना–विज्ञापनमा कुनै सत्यता नभएकोले यस प्रकारका सूचना–विज्ञापनमा क्लिक नगर्नुहुन समेत सम्पूर्ण सर्वसाधारणमा अनुरोध छ’, मन्त्रालयद्धारा आज जारी सूचनामा उल्लेख छ 

त्यस्तै, मन्त्रालयले गलत सूचना प्रसारण गर्नेहरुमाथि सम्बन्धित निकायमार्फत कारबाहीको प्रक्रिया अघि बढिसकेको पनि जानकारी दिएको छ ।
 

टिप्पणीहरू