किताव बेचेको पैसाले कृषि कारखाना, दुई दर्जन कर्मचारी नियुक्तिको तयारी

किताव बेचेको पैसाले कृषि कारखाना, दुई दर्जन कर्मचारी नियुक्तिको तयारी

राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा ल्याउने तयारी थालेको छ । केन्द्रका संस्थापक महावीर पुनको आत्मकथामा आधारित पुस्तक बिक्रीबाट जम्मा भएको रकमले कारखाना सञ्चालनमा ल्याउन लागिएको हो । 

केन्द्रले सूचना जारी गर्दै कारखानाका लागि दुई दर्जन कर्मचारी माग गरेको छ । दुई जना मेकानिकल इन्जिनियर, दुई जना इन्डस्ट्रियल इन्जिनियर, एक जना गुणस्तर नियन्त्रण र निर्धारण गर्ने इन्जिनियर, दुई जना इलेक्ट्रिकल इन्जिनियर, तीन जना मेसिन अपरेटर र मेन्टेनेन्स टेक्निसियन, दुई जना टुल र डाई बनाउने टेक्निसियन, १२ जना मेसिन निर्माणकर्ताका लागि आवेदन आह्वान गरिएको छ । 

जागिर खान इच्छुकलाई केन्द्रको ईमेल वा ९८४१५९२३६१ मा फोन वा वाट्सएप गर्न भनिएको छ । पुनका अनुसार हालसम्म ८५ हजार थान पुस्तक बिक्री भइसकेको छ । अन्यलाई ७५० र विद्यार्थीलाई ७०० को दरले पुस्तक बिक्री गरिरहेको उनले जानकारी दिए । 

‘अहिलेसम्म ८५ हजार थान पुस्तक बिक्री भइसकेको छ । पछिल्लो समय पुस्तक किन्ने विद्यार्थीको संख्या पनि बढेको छ । अन्यलाई ७५० र विद्यार्थीलाई ७०० मा पुस्तक बिक्री गरिरहेका छौं’, उनले भने ।
 

टिप्पणीहरू