गहना निकाल्न घरभित्र पसेकी वृद्धाको जलेर निधन

गहना निकाल्न घरभित्र पसेकी वृद्धाको जलेर निधन

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ दारकाट्यामा आगलागी हुँदा एक जेष्ठ नागरिकको मृत्यु भएको छ । आज दिउँसो ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा ७० वर्षीया बुद्धि कामीको मृत्यु भएको बताइएको छ ।

वडाध्यक्ष तिलबीर केसीका अनुसार घरमा आगो सल्केपछि घरभित्र रहेका गहना निकाल्न छिरेकी कामीको जलेर मृत्यु भएको हो । वनबाट गाउँतर्फ फैलिएको आगोले तीन वटा घर जलेर नष्ट भएका छन् । 

साँझसम्म आगो नियन्त्रण हुन सकेको छैन । स्थानीयबासी र इलाका प्रहरी कार्यालय बाँफिकोटबाट खटिएको प्रहरी टोलीले आगो निभाउने प्रयास गरिरहेको छ । 

आगलागीबाट थप घरमासमेत क्षति हुने अवस्था बढेको बताइन्छ । आगलागीबाट भएको क्षतीको विवरण यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू