बालाजु ‘बाइसधारा मेला’ (फोटो फिचर)
![बालाजु ‘बाइसधारा मेला’ (फोटो फिचर)](https://janaaastha.prixacdn.net/media/albums/IMG_20240423_075843_F6UYaj99ng.jpg)
काठमाडौंको बालाजुमा आज बिहानैदेखि बाइसधारा मेला लागेको छ । चैतशुक्ल पूर्णिमा ल्हुतिपुन्हिका दिन बाइसधारा मेला लाग्ने गर्दछ ।
काठमाडौँ उपत्यका तथा त्यस वरपरका क्षेत्रबाट आएका भक्तजनको बाइसधारा र नागार्जुनमाथिको डाँडोमा घुइँचो छ ।
काठमाडौँ उपत्यकाको पश्चिमउत्तरको नागार्जुन पहाड मुनि बालाजुमा रहेको बाइसवटा ढुंगेधाराबाट निस्केको जलमा स्नान गरे शरीरमा भएको रोगब्याध सबै पखालिने र दीर्घजीवन तथा पारिवारिक सुख, शान्ति एवम् समृद्धि कायम हुने विश्वासले विभिन्न स्थानबाट भक्तजनहरु आएका छन् । स्नान गरिसकेपछि स्थानीय जामाचो डाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने प्रचलन छ । जामाचोमा रहेको चैत्यमा विपश्वी बुद्ध आई बसेको मानिन्छ ।
टिप्पणीहरू