होटलमा बस्दै आएका दुबैजनाले गरे आत्महत्या

होटलमा बस्दै आएका दुबैजनाले गरे आत्महत्या
सुन्नुहोस्

धनुषाको एउटा होटलमा एक युवती र एक युवक मृत अवस्थामा फेला परेका छन् । जनकपुरको रामानन्दस्थित होलिडे गेष्ट हाउसमा लोहारपट्टी नगरपालिका–४ कि प्रियंका कापर र पिपरा गाउँपालिका–३ का हितेन्द्र पासवान मृत भेटिएका हुन् । 

अनैतिक सम्बन्धको कारण उक्त घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रियंका विवाहित र हितेन्द्र अविवाहित रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रन्जन अवाले जानकारी दिए । उनका अनुसार प्रिंयका केही दिनदेखि आफ्नी छोरीसहित सोही होटलमा बस्दै आएकी थिइ्न् । 

एउटै गाउँका प्रिंयका र हितेन्द्रबीच बेलाबेलामा भेटघाट हुँदै आएको बताइन्छ । केही दिनअघि हितेन्द्र घरबाट एकाएक हराएपछि उनका आफन्त खोज्दै होलिडे गेष्ट हाउस पुगेका थिए । डिएसपी अवाले जनआस्थासँग भने, ‘म अहिले घटनास्थलमै छु । केटाको आफन्तले खबर गरेपछि हाम्रो टोली आएको हो । महिला विवाहित र पुरुष अविवाहित रहेछन् । उनीहरु किन झुण्डिए ? सोधपुछ गर्दैछौ ।’ 

आफन्तले होटल कोठाभित्र एकैसाथ भेटाएपछि प्रिंयका र हितेन्द्रले आत्महत्याको बाटो रोजेको अनुमान गरेको प्रहरीले अनुसन्धान थालेको छ ।

टिप्पणीहरू