लगानी सम्मेलनअघि रुसी व्यवसायीहरु भेटघाटमा व्यस्त

लगानी सम्मेलनअघि रुसी व्यवसायीहरु भेटघाटमा व्यस्त

प्रधानमन्त्री पुष्पकमल दाहालसँग रुसी व्यवसायीहरुको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । रुसी चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिजका प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग उहाँको सरकारी निवास बालुवाटारमा आज दिउँसो भेटवार्ता गरेको छ ।

नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा सहभागी हुन काठमाडौं आएको रुसी प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग दुई मुलुकबीचका विविध सम्बन्ध र लगानीका विषयमा छलफल गरेको बताइएको छ ।

सो अवसरमा रुसी व्यवसायीहरुको फेडेरेसनका अध्यक्ष सर्गेयी कटिरिनको नेतृत्वमा आएको टोली, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपालका लागि रुसी राजदूत एलेक्सी नोभिकोभलगायतको उपस्थित थिए । भेटमा प्रधानमन्त्री दाहालले रुसी उद्योगी–व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

टिप्पणीहरू