राजाको स्वागतमा विमानस्थलदेखि महाराजगञ्जसम्म भव्य बाजागाजा

राजाको स्वागतमा विमानस्थलदेखि महाराजगञ्जसम्म भव्य बाजागाजा

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीबिच शिष्टाचार भेटवार्ता भएको छ । 

राष्ट्रपति भवन शितल निवासमा भएको द्विपक्षीय भेटवार्तामा नेपाल र कतारबीच रही आएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा तथा जलस्रोत तथा सिचाइँमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रसचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम् सल्लाहकारहरुको सहभागिता थियो ।

नेपालको दुइदिने राजकीय भ्रमणका लागि आज दिउँसो काठमाडौँ आइपुगेका थानीलाई स्वागत गर्न राष्ट्रपति पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । विमानस्थलबाट थानीलाई विशेष स्वागत र बाजागाजाका साथ शितल निवास पुर्याइएको हो ।

टिप्पणीहरू