विश्वासको मत लिएपछि कर्णालीमा मन्त्रिपरिषद्लाई पूर्णता दिईँदै
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिन लागेका छन् । दिउँसो ३ बजे बस्ने कर्णाली प्रदेश सभाको बैठकमा उनले विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गर्दैछन् ।
कर्णाली प्रदेशसभामा नेपाली काँग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सदस्य छन् । राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक–एक जना छन् ।
बहुमतका लागि २१ जना चाहिने सभामा नेकपा एमाले र माओवादी केन्द्रका २७ जना सांसद छन् । आज विश्वासको मत लिएपछि मात्र मुख्यमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन् ।
टिप्पणीहरू