नक्कली भुटानी शरणार्थी काण्डका दुई ‘भीआईपी’ छुटे, टोपबहादुर जेलभित्रै

नक्कली भुटानी शरणार्थी काण्डका दुई ‘भीआईपी’ छुटे, टोपबहादुर जेलभित्रै
सुन्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा बसेर मुद्दाको पुर्पक्ष गरिरहेका एमाले नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । 

न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश दिएको छ । 

जिल्ला र उच्च अदालतले थुनामा पठाउन गरेको आदेशविरुद्ध रायमाझीसहित पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, गृह मन्त्रालय अन्तर्गतको तत्कालीन हज कमिटिका अध्यक्ष समशेर मियाँ, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई र बिचौलिया सानु भण्डारीसहितले दिएको पुनरावेदनमा आज सर्वोच्चमा सुनुवाई भएको थियो । 

सर्वोच्चले शमशेर मियाँलाई साधारण तारेख तथा आङटावा शेर्पा र गोविन्द कुमार चौधरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । 
सर्वोच्चको यो आदेशसँगै रायमाझीसहित पूर्वसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, बिचौलियाहरु केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, सानु भण्डारीलाई भने थुनामै रहने भएका छन् ।

टिप्पणीहरू