लोकसभा चुनाव अवलोकन गर्न नेपाली नेताहरु भारत जाँदै

लोकसभा चुनाव अवलोकन गर्न नेपाली नेताहरु भारत जाँदै
सुन्नुहोस्

नेपालका पाँच राजनीतिक दलका नेताहरुले भारतमा जारी लोकसभा निर्वाचनको अवलोकन गर्ने भएका छन् । 

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्व्पा र जनमत पार्टीका एक-एक जना चुनाव अवलोकन गर्न भारत भ्रमणमा जान लागेका हुन् । बताइएअनुसार एमालेको तर्फबाट बिष्णु रिमाल, कांग्रेसबाट उदय शमसेर जबरा, माओवादी केन्द्रका मात्रिका यादव, रास्वपाका शिशिर खनाल र जनमत पार्टीबाट डा.जयकान्त राउत भारत जाँदैछन्। 

भ्रमणका क्रममा नेपाली प्रतिनिधिले भाजपाको केन्द्रीय कार्यालयमा सो पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै, विदेशमन्त्री एस. जयशंकर र रेलवेमन्त्री अश्विनी बैष्णवले नेपाली नेताहरुलाई बिजेपीको चुनावी क्याम्पियनसंगै समग्र चुनावी प्रक्रिया र रणनीतिबारे जानकारी गराउने कार्यक्रम रहेको भाजपा विदेश विभागका प्रमुख विजय चौथाइवले जानकारी दिएका छन् । 

भारतले नेपालसहित १८ देशका प्रमुख राजनीतिक दलहरुलाई निर्वाचन अवलोकन गराउँदैछ । अष्ट्रेलियाको लिवरल पार्टी, भियतनामको भियतनाम कम्युनिष्ट पार्टी, बंगलादेशको बंगलदेश अवामी लिग, युगान्डाको नेश्नल रेसिटेन्स मूभमेन्टलगायतका पार्टीबाट प्रतिनिधिहरु भारत जानेछन् ।

टिप्पणीहरू