ती महिलामाथि यतिसम्म भएछ अत्याचार

ती महिलामाथि यतिसम्म भएछ अत्याचार
सुन्नुहोस्

मान्छे कतिसम्म गिर्दोरहेछ । दिदी–दिदी भन्दै एक जनाले एकल महिलाको शरीर मात्रै होइन सम्पत्ति पनि सखाप पारेका छन् । न उमेर मिल्छ न त पारिवारिक परिवेश । तर, सम्पत्ति खाने लोभमा मानिसले आफ्नो गति पनि छाड्छ भन्ने कुरा रुपन्देहीको एक घटनाले पुष्टि गराएको छ ।

हेर्दा चिटिक्क परेका बुटवलका ३६ वर्षीय सिद्धार्थ गुरुङले एक जना महिलालाई मायाजालमा पारेर सारा सम्पत्ति सम्पत्ति मात्रै सकाएनन्, उल्टै उनलाई बारम्बार ब्ल्याक मेल गरेको घटना ढिलो गरी बाहिरिएको छ ।

जिल्ला प्रहरी कार्यालयमा पीडितले दिएको जाहेरीका आधारमा सिद्धार्थ यतिबेला पक्राउ परेका छन् । पीडितको जाहेरीमा उल्लेख गरेकी छन् : म एकल महिला भई लामो समयदेखि सानोतिनो ठेक्का व्यवसाय गर्दै आएको थिएँ । यस्तैमा ३ वर्षअगाडि सिद्धार्थ गुरुङसँग चिनजान भयो । २०७८ साल वैशाखको एक दिन विपक्षीले फोन गरी दिदी, मलाई भेट दिनुहोस् भनेकाले हुन्छ भनेँ, त्यसको केही समयपछि विपक्षी मेरो कोठामा आउनासाथ ढोका लगाई कपडा च्याती जबर्जस्ती करणी गरेको र सो समयमा फोटोसमेत लिनुभएको रहेछ ।

अर्को दिन पुनः मेरो घर आई करणी गर्न नदिएमा यी फोटो सार्वजनिक गरिदिन्छु भनी यौन इच्छा पूरा गर्नुभयो । म अति चिन्तित अवस्थामा बस्दा निजले जे भयो भयो अब विवाह गर्छु, श्रीमतीसँग सम्बन्ध राम्रो छैन भनी विश्वास दिलाउँदै मलाई यौन शोषण गर्दै आउनुभयो । यस्तैमा पहिलादेखि काम गरी आउनुभएको निर्माण फर्म छाडी मेरो लगानीमा निजको नाममा ‘भसुधारा निर्माण सेवा’ नामक फर्म दर्ता गरी काम गर्न थाल्यौँ ।

विपक्षीसँग करणी भइसकेको र निजले विवाह नै गर्छु भनेकाले विश्वासमा बसेकी थिएँ । यो अवधिमा विपक्षी र मेरोबीच घर, होटललगायत विभिन्न स्थानमा यौन सम्बन्ध रहन गयो । यत्तिका समयसम्म पनि निजले अघिल्ली श्रीमतीसँग सम्बन्धविच्छेद गरी मसँग विवाह नगरेको हुँदा विपक्षीको भनाइमा सत्यता नभएको देखी सोधखोज गर्दा छोरी मात्र जायजन्म भएको छ, म तिमीबाट सन्तान जन्माउन चाहन्छु भन्न थाल्नुभयो । मेरो बच्चा जन्माउने उमेर छैन भन्दा तिम्रो डिम्ब र मेरो विर्यबाट surrogacy माध्यमबाट बच्चा जम्माउने हो भनी फकाई काठमाडौँ लगी बानेश्वरस्थित HOPE CLINIC मा स्याम्पल दिने काम भएको छ ।

विपक्षीले मलाई दबाबमा पारी निरन्तर शारीरिक शोषण गर्नुभएकाले न्याय पाऊँ भनी यसपूर्वसमेत जिल्ला प्रहरी परिसर भैरहवामा उजुरी निवेदन दिएकी थिएँ । सो निवेदनका आधारमा विपक्षीलाई बोलाई उप्रान्त कुनै प्रकारको शोषण नगर्ने भन्ने भएकामा  सोपश्चात् पनि मैले निजको अगाडि लाश बनी शरीर सुम्पनुपर्दा जिउँदै मरेको अवस्थामा पुगेकी छु । यही २०८०/१०/१७ का दिन बेलुका ७.३० विपक्षीले पिज्जा लिएर घरमा आउँदै छु, कहाँ हुनुहुन्छ भनी केही समयमै आएर जबर्जस्ती करणी गर्नुभयो । म विपक्षीको करणी पीडाबाट आक्रान्त भई रोई बस्दा निजले चेक नगद तथा मेरा मूल्यवान गरगहना पैसासमेत लिई जानुभएकोले साह्रै अन्यायमा परी प्रस्तुत जाहेरी लिई उपस्थित भएकी छु ।

रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले जबर्जस्ती करणी अभियोगमा सिद्धार्थ गुरुङलाई पक्राउ गरिएको बताए । सिद्धार्थले पहिलो पटक जबरजस्ती करणी गरेको तस्बिर र भिडियो बनाएर राखेको र त्यसपछि भनेको नमान्दा सबैलाई देखाउने भन्दै पटक–पटक करणी गर्ने गरेको पीडित महिलाको आरोप छ । सिद्धार्थले ती महिलासँग पटक–पटक गरेर ५ करोडभन्दा बढी रकम पनि लगेका छन् । उक्त रकमबापत दिएको चेकसमेत बाउन्स भएको प्रमाण उनीसँग सुरक्षित छ ।

भैरहवामा गाउँले चुलो सञ्चालन गर्दै आएका गुरुङले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको नातेदार हुँ भन्दै प्रहरी प्रशासनमा दबाब र प्रभाव फैलाउँदै हिँड्ने गरेको पाइएको छ । यतिबेला उनी प्रहरीलाई समेत प्रभावमा पारी पक्राउ परेकै दिन डाक्टरको कागजात बनाएर अस्पतालको एसी रुममा बसिरहेका छन्। एकातिर उनी छन् भने सिद्धार्थनगर सिटी अस्पतालको एसी डिलक्स रुम क्याबिन ५ मा बसिरहेका रुपन्देही प्रहरीकोे हिरासतमा जबरजस्ती करणीका २ जना मच्छड, उडुस मार्दै आफ्नो अपराध कर्मको पश्चाताप गरिरहेका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू