कोशी प्रदेशसभाको बैठक काँग्रेसद्वारा बहिष्कार

कोशी प्रदेशसभाको बैठक काँग्रेसद्वारा बहिष्कार

कोशी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी छ । सोही प्रयोजनका लागि बोलाइएको प्रदेशसभाको बैठकमा नेपाली काँग्रेसका सदस्यहरु अनुपस्थित छन् ।

कार्कीलाई एमालेका ३९, माओवादीका १३ र जसपाका एक जनाले समर्थन गर्ने बताइएको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । 

काँग्रेसले आजको बैठक बहिष्कार गरेको जनाएको छ । विपक्षी राप्रपाका सदस्यहरु भने उपस्थित छन् ।

टिप्पणीहरू