लुम्बिनीमा जसपा नेपालका तीन सदस्यमध्ये दुईजना जसपातर्फ

लुम्बिनीमा जसपा नेपालका तीन सदस्यमध्ये दुईजना जसपातर्फ
सुन्नुहोस्

लुम्बिनी प्रदेशसभाका दुई जना सदस्यले आफूहरु अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा आवद्ध रहेको बताएका छन् । आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा पुगेर जसपाको पक्षमा सनाखत गरेका हुन् ।

प्रदेशसभा सदस्य अग्रवालले आफू र प्रदेशका कृषिमन्त्री यादव नवगठित जसपामा रहेको जानकारी निर्वाचन कार्यालयलाई गराएका छन् ।

उनीहरु दुवै जना बाँके क्षेत्र नम्बर २ को १ र २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । प्रदेश सभामा जनता समाजवादी पार्टी नेपालका तीन जना सदस्य छन् । समानुपातिक सांसद अम्बिका काफ्लेले हालसम्म आफूलाई निश्चित कित्तामा छुट्याएकी छैनन् ।

टिप्पणीहरू