कर्नेलको बढुवा, जर्नेलको सरुवा

कर्नेलको बढुवा, जर्नेलको सरुवा
सुन्नुहोस्

नेपाली सेनाले गत साता दुई जना जर्नेललाई सरुवा गरेको छ । यसबीच जर्नेलमा बढुवा भएका चार जना कर्नेलको सरुवा तथा काज नियुक्ति पनि गरिएको छ । सैनिक सचिव सहायक रथी ज्योतिन्द्र महतद्वारा जारी पत्रमा दुई जनाको वैशाख २० गते र चार जनाको २७ गतेबाट सरुवा तथा पदस्थापन गरिएको उल्लेख छ । 

जसअनुसार १ नम्बर बाहिनी अड्डा (बालाजु) का सहायक रथी पवन खत्रीलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय (सिंहदरवार) मा लगिएको छ । त्यस्तै २२ नम्बर बाहिनी अड्डाका सहायक रथी ललितबहादुर कुँवरलाई शोध तथा विकास निर्देशनालयमा निर्देशकको जिम्मेवारी तोकिएको छ ।

बढुवापछि पदस्थापन भएका कर्नेल असबाब निर्देशनालयका महासेनानी पुरुषोत्तम खड्का हुन् । उनलाई नम्बर २२ वाहिनी अड्डाको बाहिनीपति बनाइएको छ । त्यसैगरी सुदूर पश्चिम पृतना हेडक्वार्टरका महासेनानी सुवासजंग थापालाई सहायक रथीमा बढुवापछि पृतना चिफ अफ स्टाफ,मध्य पृतना हेडक्वार्टर लगिएको छ ।

बढुवा भएका अन्य दुई जनामध्ये पूर्वी पृतना हेडक्वार्टरको सूचना कार्य महाशाखामा रहेका गौरव गुरुङलाई सैनिक सचिव विभागको अतिरिक्त समूहमा दरबन्दी कायम गरेर सैनिक सामग्री प्राप्ती निर्देशनालयको निमित्त निर्देशकमा काज खटाइएको छ । विशेष फौज वाहिनीका महासेनानी ध्रुवकुमार कार्कीलाई नम्बर १ बाहिनी अड्डाको वाहिनीपतिको जिम्मेवारीमा खटाइएको छ ।
 

टिप्पणीहरू