कोशीका मुख्यमन्त्रीलाई विस्वासकाे मत, काँग्रेसद्वारा बहिष्कार

कोशीका मुख्यमन्त्रीलाई विस्वासकाे मत, काँग्रेसद्वारा बहिष्कार
सुन्नुहोस्

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । उनले आज बसेको प्रदेश सभाको बैठकमा ५७ सदस्यको मत पाएका हुन् । 

गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त कार्कीलाई एमालेका ४०, माओवादीका १३, एकीकृत समाजवादीका चारमध्ये तीन र जसपा नेपालका एक जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् । नेपाली काँग्रेसले भने आजको बैठक बहिष्कार गरेको थियो । 

निवर्तमान मुख्यमन्त्री एवम् काँग्रेस संसदीय दलका नेता केदार कार्कीले सर्वोच्चमा दायर गरेको रिटको पेशी आगामी जेठ ९ गते तोकिएको छ । त्यतिञ्जेलसम्म प्रदेश सभा बैठक बहिष्कार गर्ने काँग्रेसको अडान छ । आजको प्रक्रियामा राप्रपा सदस्यहरु तटस्थ बसेका थिए ।
 

टिप्पणीहरू