बिहान राजीनामा, दिउँसो फिर्ता

बिहान राजीनामा, दिउँसो फिर्ता
सुन्नुहोस्

जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहान सरकारबाट बाहिरिएसँगै केन्द्रिय कार्यकारिणी समिति बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

सांसद राजकिशोर यादवले सरकारकै नेतृत्वकर्ताहरु पार्टी विभाजन गराउन लागेको आरोप लगाउँदै सरकारमा बसिरहन उचित नरहेकाले नैतिकताका आधारमा बाहिरिएको बताए । 

उनले भने, ‘हामी १२ सिट लिएर सरकारमा सहभागी भएका थियौँ । एउटा निश्चित उद्देश्यका साथ सरकारमा सहभागी भएका थियौँ । तर, दुर्भाग्यपूर्ण हाम्रो पार्टी विभाजन भयो । नैतिक रुपमा सरकारबाट राजीनामा गरेर समर्थन फिर्ता लिएका छौँ ।’

उनले विभाजनमा प्रधानमन्त्रीको हात रहेको उल्लेख गरे । भने, ‘यो विभाजनमा स्वयम् प्रधानमन्त्रीज्यूले नै यसमा मेरो पनि हात छ भनेर स्वीकार गरिसकेपछि त्यहाँ बसिरहन उचित लागेन ।’

सरकारले गैरजिम्मेवार काम गरेको र त्यसविरुद्ध आफूहरु लाग्ने यादवले उल्लेख गरेका छन् ।

 

टिप्पणीहरू