संसदीय दलको बैठकअघि बालुवाटारमा काँग्रेस नेताहरु

संसदीय दलको बैठकअघि बालुवाटारमा काँग्रेस नेताहरु

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली काँग्रेसका महामन्त्री गगन थापा र प्रतिनिधि सभामा प्रमुख सचेतक रमेश लेखकले भेटवार्ता गरेका छन् । आज दिउँसो संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । 

शुक्रबारदेखि शुरु भएको वर्षे अधिवेशनको पहिलो बैठक नेपाली काँग्रेसले अवरुद्ध गरेपछि आजको संयुक्त बैठक सुचारु हुने वा नहुने भन्ने सम्बन्धमा अन्यौल कायम छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने काँग्रेसको अडानका कारण संसद बैठक अवरुद्ध भएको हो । 

सोही विषयमा छलफल गर्न काँग्रेसका नेताहरु बिहान बालुवाटार पुगेका हुन् । संसदीय छानबिन समिति गठनबारे प्रधानमन्त्रीको धारणापछि मात्रै काँग्रेस संसदीय दलको बैठकमा आवश्यक निर्णय गरिने बताइएको छ ।

टिप्पणीहरू