अब शिक्षकलाई एक महिनामै तलब
सामुदायिक विद्यालयका शिक्षकले अब पारिश्रमिकका लागि तीन महिना कुर्न नपर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षबाट सरकारी विद्यालयका शिक्षकलाई मासिकरुपमा तलब दिन लागेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलेले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षकहरुलाई मासिक रुपमै तलब प्रदान गर्ने व्यवस्था मिलाइने जानकारी दिनुभएको हो ।
त्यस्तै, सामुदायिक विद्यालयहरुमा गणित, अंग्रेजी र विज्ञानको दरबन्दी पदपूर्ति गर्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्नशिप गराउने सरकारको योजना छ । प्राविधिक शिक्षालयको सञ्चालन र व्यवस्थापन अब प्रदेश तहबाटै हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।
अध्ययनको लागि नेपाल आउन चाहने विदेशी विद्यार्थीहरुको लागि भिजा सहजीकरण गर्ने पनि सरकारले घोषणा गरेको छ ।
टिप्पणीहरू