काँग्रेसले बैठक अवरुद्ध पारेपछि राष्ट्रिय सभाले धन्यवाद दिन पाएन

काँग्रेसले बैठक अवरुद्ध पारेपछि राष्ट्रिय सभाले धन्यवाद दिन पाएन
सुन्नुहोस्

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि धन्यवाद ज्ञापनका लागि बसेको बैठक कांग्रेसले अवरुद्ध गरेको हो । 

सभाका अध्यक्ष नारायण दाहालले बैठक सुरु गर्ने बित्तिकै कांग्रेस सांसदहरूले उठेर विरोध गरे । राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने एकमात्र कार्यसूची रहेको बताउँदै दाहालले बैठक संचालन गर्न पटक-पटक गरेको आग्रह कांग्रेस सांसदहरुले मानेनन् । त्यसपछि जेठ ३ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । 

काँग्रेसले सहकारी ठगि प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको माग राखेर संसद अवरुद्ध पार्दै आएको छ । आजको बैठकमा पनि काँग्रेसले उक्त माग पूरा नभएसम्म सदन संचालन गर्न नदिने अडान लिएपछि सभाले राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न  नपाएको हो ।

टिप्पणीहरू