एसिया क्षेत्रमा माओवादीको प्रदेश समिति गठन, नेतृत्वमा वली

एसिया क्षेत्रमा माओवादीको प्रदेश समिति गठन, नेतृत्वमा वली
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रको एसिया प्रदेश समितिको संयोजकमा सनिकुमार वली चयन भएका छन् । माओवादीले उनको नेतृत्वमा प्रदेश समिति गठन गरेको हो । 

माओवादी केन्द्रको गत फागुन ३ गते सम्पन्न विधान अधिवेशनले एसिया (सार्क बाहेक) प्रदेश समिति निर्माण गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप प्रदेश इन्चार्ज, सह–इन्चार्ज र केन्द्रीय सदस्यको सिफारिसमा समिति गठन गरिएको जनाइएको छ । 

पदाधिकारीतर्फ सह–संयोजकमा हरि नेपाली र भुपाल श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सचिवमा भवानी पन्त, सहसचिवमा श्रीकृष्ण भट्टराई र दिपक पुनसहित कोषाध्यक्षमा बाबुराम विश्वकर्मा निर्वाचित भएका छन् । 

सदस्यहरुमा रमेश तिवारी, रामहरि पुडासैनी, दुर्गा मिलन गुरुङ, अरुण श्रेष्ठ, श्रीप्रसाद श्रेष्ठ, ईश्वरी कठायत, अर्जुन घर्तीमगर, प्रेम पाण्डे चयन भएका छन् । मुक्ति मरासिनी, हवलचन्द्र लामा, कालिका थापा, शालिकराम भण्डारी, जैवी चाम्लिङ राई, बुद्धि भण्डारी, रविमरण अधिकारी र मनु मगर पनि सदस्य बनेका छन् ।

त्यस्तै नारायण बिश्वकर्मा, कमल शाही, उमेश बिश्वकर्मा, होमनाथ शर्मा, ठाकुर प्रसाद ढुंगाना, कमल महत, युवराज के.सी, भिम केरुङ, दुर्गा प्रसाद प्याकुरेल,युवराज कार्की र रेशम पौडेल लगायत सदस्य रहेका छन्  ।

टिप्पणीहरू