उपेन्द्र यादवको मुद्दामा सुनुवाई जारी

उपेन्द्र यादवको मुद्दामा सुनुवाई जारी
सुन्नुहोस्

जसपा, नेपालको विभाजनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सुनुवाई शुरु भएको छ । 

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको ३ नम्बर इजलासमा अहिले सुनुवाई भैरहेको छ । दल विभाजनसम्बन्धी कानुन निष्क्रिय रहेको अवस्थामा विभाजनलाई वैधानिकता दिइनु असंवैधानिक कदम दाबी गर्दै यादवले अस्ति रिट दायर गरेका थिए । रिटमा अशोक राई नेतृत्वको विभाजित जसपालाई आधिकारिकता दिने आयोगको निर्णयलाई उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ । 

अध्यक्ष यादव देश बाहिर रहेका बेला राईको नेतृत्वमा जसपा फुटेको थियो । बैशाख २३ गते नयाँ दल दर्ताका लागि निवेदन दिएकोमा निर्वाचन आयोगले भोलिपल्ट २४ गते नै प्रमाणपत्र दिएको थियो ।

टिप्पणीहरू