सुरक्षा मापदण्ड पालना नगरेका ठेकेदार कारबाहीमा

सुरक्षा मापदण्ड पालना नगरेका ठेकेदार कारबाहीमा

काठमाडौं महानगरपालिकाले निर्माणको क्रममा सुरक्षा मापदण्ड पालना नगर्ने ठेकेदारलाई कारबाही गरेको छ । महानगरले पुष्कर बस्नेतलाई १५ हजार रुपैयाँ जरिवाना तिराएको छ । 

महानगरको सार्वजनिक निर्माण विभागबाट क्याच पिट र ड्रेन निर्माणको ठेक्का लिएका उनले निर्माण सुरक्षा मापदण्ड पालना नगरेको पाइएको जनाइएको छ । 

त्यस्तै, वडा नम्बर ३२, शान्तिनगर गेटभित्र निर्माणाधीन साइड ड्रेन र क्याच पिटका सामाग्रीहरु सडक अवरोध हुनेगरी राखिएको महानगरको भनाइ छ । 

निर्माण कार्य गर्दा कामदार र सर्वसाधारणको सुरक्षाका लागि विभिन्न मापदण्डहरु पालना गर्नुपर्ने हुन्छ । जसमा कामदारले अनिवार्य हेल्मेट र सेफ्टी हुकको प्रयोग गर्नुको साथै निर्माण सामग्री खस्ने ठाउँमा जालीको प्रयोग गर्नुपर्नेलगायतका रहेका छन् ।

टिप्पणीहरू