सन्दीपका लागि एक जना आउट हुनैपर्ने

सन्दीपका लागि एक जना आउट हुनैपर्ने

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएको खुयिालीमा समर्थकहरुले र्‍याली निकालेका छन् । लामिछानेका समर्थकहरुले उच्च अअदालत परिसरमा नाचगानसहित र्‍याली निकालेका हुन् । 

काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउदै उच्च अदालतले आज क्रिकेटर लामिछानेलाई निर्दोष ठहर गरेको हो । यससँगै क्रिकेटर लामिछानेलाई बधाइ दिनेहरुको भीड लागेको देखिन्छ । प्रभाकर उपाध्ययले लामिछानेलाई सफाइ पाएकोमा बधाई दिदै टी–२० विश्वकपको लागि शुभकामना दिएका छन् । उनले भने, ’न्यायालयले सन्दिपलाई साँच्चीकै न्याय दिएको छ । टी–२० विश्वकपको यात्राको लागि शुभकामना ।’ 

त्यसो त, लामिछानेले विश्वकप खेल्ने/नखेल्नेबारे अझै निर्णय भने भइसकेको छैन । काठमाडौँ जिल्ला अदालतले उनलाई दोषी ठहर गरेपछि क्यानले निलम्बन गरेको थियो । तर उच्च अदालतको निर्णयसँगै निलम्बन फुकुवा गर्न र टी–२० विश्वकप खेलाउने/नखेलाउनेबारे निर्णय गर्न नेपाल क्रिकेट संघ (क्यान)को बैठक बस्दैछ । 

नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उनलाई विश्वकप खेल्न पठाउने निर्णय गरेमा घोषित विश्वकप खेल्ने टोलीबाट एक जना बाहिरिनुपर्ने अवस्था उत्पन्न भएको छ । आइसीसीको नियमानुसार टोलीमा १५ जनाभन्दा बढी खेलाडी राख्न पाईंदैन । 

यतिखेर नेपाली टोली वेष्टइण्डिजमा पूर्वाभ्यास गरिरहेको छ । सन्दीपले विश्वकप खेल्ने भएमा टोलीबाट कसलाई बाहिर राख्ने भन्ने निर्णय मुख्य प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित पौडेलमा भरपर्ने छ । २५ मे सम्म कुनैपनि टोलीले खेलाडी परिवर्तन गर्न सक्ने आइसीसीले सुविधा दिएको छ । 

बलात्कार मुद्दामा लामिछानेले सफाइ पाएको खुशियालीमा समर्थकहरुले आज साँझ ललितपुरमा र्‍याली निकालेका छन् । उनीहरुले उच्च अदालत परिसर, पाटनमा नाचगानसहित र्‍याली निकालेका हुन् । काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालतले आज लामिछानेलाई निर्दोष ठहर गरेको हो ।

टिप्पणीहरू