संसदीय समिति बनाउने कांग्रेसको मागमा विपक्षीहरु एकगठ

संसदीय समिति बनाउने कांग्रेसको मागमा विपक्षीहरु एकगठ

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने नेपाली कांग्रेसको मागमा विपक्षी दलहरु एकमत भएका छन् । 

आज कांग्रेसले बोलाएको विपक्षी दलका शीर्ष नेताहरुको बैठकले संसदीय समिति गठनका लागि संसदमा एक श्वरका साथ प्रस्तुत हुने निर्णय गरेको हो । विपक्षीहरुले हिजोको प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिका तटस्थ नदेखिएको निष्कर्ष निकाल्दै त्यस सम्बन्धमा पनि सदनमा कुरा राख्ने निर्णय गरेका छन् ।  

बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसेको बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा, नेता रमेश लेखकलगायत सहभागी थिए । त्यसैगरी, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेता राजकिशोर यादव, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही, लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारीलगायत उपस्थिति थिए । 

बैठकमा कांग्रेस नेताहरुले संसदीय छानविन समितिको आवश्यकताबारे प्रष्ट परेको र अन्य दलका नेता सहमत भएको बताइएको छ ।

टिप्पणीहरू