विश्वासको मत प्राप्त हुनेमा प्रधानमन्त्री ढुक्क

विश्वासको मत प्राप्त हुनेमा प्रधानमन्त्री ढुक्क
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटक पनि आफूले विश्वासको मत पाउने बताउनुभएको छ । नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन समारोहमा बोल्दै उहाँले विश्वासको मत प्राप्त हुनेमा आफू ढुक्क रहेको उल्लेख गर्नुभयो ।

उहाँले चौथो पटक पर्सि विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ । मत प्राप्त हुँदैन कि भनेर चिन्ता लिन आवश्यक छैन ।’ प्रधानमन्त्रीले जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले सहकारीको विषयलाई लिएर अवरुद्ध भइरहेको संसद् पनि  भोलि बिहानदेखि सहजरुपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘भोलि बिहानसम्म कतै न कतै एउटा टुङ्गोमा पुगोस् भनेर लागेको छु, यो हुन्छ भन्ने विश्वास छ । यसले नीति तथा कार्यक्रम पास गर्न पनि सहज होस् र विश्वासको मत लिन पनि सहज बनाओस् भन्ने हो । मेरो जोड यसमै छ ।’

टिप्पणीहरू